Ramananda Research Centre

Coordinated by Mahesh Sanyas Ashram

Procedure and Policy

Procedure and Policy

महेश संन्यास आश्रमले अनुसन्धान केन्द्रको सञ्चालनका लागि विभिन्न प्राज्ञिक निकायसँग सहकार्य गरेर विशेषज्ञ विद्वान्‌हरूसहितको अनुसन्धान सभा गठन गरी केन्द्रको सञ्चालन गर्नेछ । विविध सांस्कृतिक परम्पराका विशेषज्ञ विद्वान्‌हरू र देश-विदेशका अनुसन्धाताहरू यस केन्द्रको परियोजनासँग सम्बन्धित हुनेछन् । अनुसन्धान केन्द्रका सबै परियोजना र भौतिक सम्पत्तिको संरक्षण-संवर्धन महेश संन्यास आश्रमको रेखदेखमा हुनेछ । अनुसन्धान केन्द्रको प्रस्तावित नियमावली २०७८ अनुसार विभिन्न समिति, विशेषज्ञ समिति एवं उपसमितिहरूबाट केन्द्रको सञ्चालन हुनेछ । नियमावली महेश संन्यास आश्रमको साधारण सभाबाट पारित भएपछि लागू हुनेछ । प्रस्तावित संस्थागत संरचना यस प्रकारको छ ।

क) अनुसन्धान केन्द्रको उद्देश्यको प्रभावकारी कार्यान्वयन र ऐकमत्यमा प्रयत्नशील रही प्राप्त उपलब्धिहरूको सकारात्मक प्रचार गर्न नेपालका विशिष्ट पीठधीश, सम्प्रदाय प्रमुख र अगुवाहरू सम्मिलित संरक्षक मण्डल गठन हुनेछ ।
ख) यस अनुसन्धान केन्द्रलाई परामर्श दिनका लागि परामर्श मण्डल गठन हुनेछ । यसमा महेश-संन्यास-आश्रमले विशेषज्ञताका आधारमा सिफारिस गरेका विविध विषयका विज्ञहरू सदस्य रहनेछन् । परामर्श मण्डलको आकार आवश्यकता अनुसार हुनेछ ।
ग) अनुसन्धान केन्द्रको वार्षिक कार्ययोजना एवं आवश्यक सम्पूर्ण कार्य गर्नका लागि सञ्चालक परिषद् रहनेछ ।
घ) सञ्चालक परिषद्का सदस्यहरूबाट दैनिक कार्य सञ्चालनका लागि ७ सदस्यीय कार्य समिति गठन गरिनेछ । जसमा मातृसंस्थाका प्रमुख या उनका प्रतिनिधि, निर्देशक, प्रशासकीय अधिकृत, आश्रमले सिफारिस गरेका विज्ञ र महिला सदस्य गरी ७ सदस्य रहनेछन् ।
ङ) अनुसन्धान केन्द्रको अन्तरराष्ट्रिय प्रचारप्रसार, सहयोग सङ्कलन एवं विभिन्न प्राज्ञिक संस्थाहरूसँग सम्बन्धविस्तारका लागि अन्तरराष्ट्रिय समन्वय समिति समेत गठन गरिनेछ ।