Ramananda Research Centre

Coordinated by Mahesh Sanyas Ashram

Jun 2, 2022

भूमिदान महादान महाअभियानका भूमिदातालाई सम्मान

भूमिदानात् परं दानं न भूतं न भविष्यति (महाभारत शान्तिपर्व)

(भूमिदान नै लोकको सबैभन्दा उत्तम दान हो । भूमिदानभन्दा अर्को उत्कृष्ट दान न कुनै थियो न हुनेछ ।)

वैदिक सनातन  धर्म, मौलिक नेपाली संस्कृति, संस्कृत वाङ्मय र वैदिक ज्ञान-विज्ञानको प्राचीन एवम् आधुनिक प्रविधिले अध्ययन-अनुसन्धान, प्रचारप्रसार एवं संरक्षण गर्ने उद्देश्यले महेश संन्यास आश्रमद्वारा सञ्चालित रामानन्द अनुसन्धान केन्द्र-RRC को भौतिक विकास तथा विस्तारका लागि गैँडाकोट-१, नवलपुर निवासी श्री नारायणप्रसाद भट्टराईज्यूले भूमिदान महादानमा महाअभियानमा सहभागी भई बहुमुल्य भूमिदान गर्नुभएकोमा हार्दिक साधुवाद । भगवान् श्रीविद्येश्वरको कृपा एवं आशीर्वादले सुखशान्ति प्राप्त होस् । आयु-आरोग्यका साथै उत्तरोत्तर प्रगतिले शिखर चुमोस् ! पितृ र कुलको आशीर्वाद मिलोस् ! यस्ता सत्कर्ममा सदैव मन जाओस् !!सदैव जय जय होस् । मङ्गल होस् । कल्याण होस् । साथै अरुलाई पनि यस पवित्र कार्यमा प्रेरणा दिने सद्भावको वृद्धि होस् ! वैदिक सत्य सनातन धर्मसंस्कृतिको संरक्षण र संवर्धनमा अविचलित भई निरन्तर सेवा भइरहोस् !!!